
पोखरा । पोखरामा चोरी गर्ने दुई जना सामान सहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पोखरा–१२ बस्ने २३ वर्षीय सन्तोष लामिछाने र २० वर्षीया रोशनी थापा मगर लामिछाने रहेको कास्कीका डिएसपी तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
हमालका अनुसार उनीहरुले गत भाद्र १० गते रातको समयमा पोखरा–१३ गौंडाकोमुख स्थित जयगङ्गामार्ग घर भइ हाल अष्ट्रेलिया बस्दै आएका ठाकुर प्रसाद पोख्रेलको दुईतले घरको चाबी फोडेर घरभित्र रहेका ४२ इन्चको एलजी स्मार्ट टिभी १ थान, क्यानन क्यामारा १ थान, मोवाइल १ थान सहित भाडावर्तन, लत्ताकपडा समेत गरी अन्दाजी एक लाख पन्चानब्बे हजार पांच सय पचास बराबरको सामान चोरी गरेका थिए ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले चोरी गरेका सामान सहित गत भाद्र ११ गते पक्राउ गरेको थियो ।
पक्राउ परेका सन्तोषले वाइरिङको काम गर्ने गरेको पनि बताइएको छ । उनीहरुलाई चोरी तथा डाँका मुद्दा कसुरमा मुद्धा दर्ता गरी कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाइएको प्रवक्ता हमालले जानकारी दिए ।
