पर्वतमा अर्काको घरमा बास बसेका पुरुष मृत फेला

Share:

पोखरा । पर्वतमा सुतिरहेको अवस्थामा एक पुरुष मृत फेला परेकोे छ ।

शनिबार बिहान करिब ६ बजे पर्वतको मोदी गाउँपालिका–५ पातिचौरका ३३ वर्षीय खेमराज अधिकारी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

शुक्रबार दिउँसो ४ बजे खसी खोज्न भन्दै बाजुङ सिमलीखेत गएका अधिकारी रात परेको कारण स्थानीय कर्ण बहादुर कुंवरको घरमा बास बसेकोमा शनिबार बिहान कोठा मै सुतिरहेको अवस्थामा मृत फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: