
पोखरा । गण्डकी प्रदेशमा आइतबार फेरी २४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार दोस्रो पटक जारी गरेको विज्ञप्ति अनुसार गण्डकीका दुई जिल्लाका थप २४ जनामा कोरोना देखिएको हो ।
निर्देशनालयका अनुसार तनहुँ भानु– ६ का ४० वर्षीय तीन सहित ६९, २३, ५१, ६८, ३८ र ६२ वर्षका ९ पुरुष तथा भानु– ७ का ८ वर्षीया बालिका सहित २५ र ५४ वर्षका ३ महिला तथा ३६ वर्षका २ जना, ६० वर्षका २ जना, ३२, ४६, ५६, ५५, २७ र ३८ वर्षका १० पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै बाग्लुङ तमानखोलाका २३ र ३० वर्षका दुई महिलामा पनि कोरोना देखिएको छ । उनीहरु दुई जना मध्य एक महिला स्वास्थ्यकर्मी र एक महिला स्थानिय व्यापारी भएको निर्देशनालयले जानकारी दिएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार १२३ पुगेको छ ।

