जंगी अड्डामा कार्यरत सैनिक जवानले गरे आत्महत्या

Share:

काठमाडौँ । जंगी अड्डामा कार्यरत एक सैनिक जवानले आत्महत्या गरेका छन् ।

आज बिहान २ः४५ बजे तनहुँ रानीपोखरी स्थायी ठेगाना भएका एक जवानले आफूले बोकेको हतियार प्रयोग गरी आत्महत्या गरेको नेपाली सेनाले जनाएको छ ।

मुचुल्का तयार गरी शव पोष्टमार्टमका लागि त्रि.वि.शिक्षण अस्पतालमा पठाइएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जंगी अड्डाले घटनाबारे मृतक जवानको परिवारलाई जानकारी गराइसकिएको छ । घटना बारे थप अनुसन्धान शुरु गरिएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: