नेपालमा एकैदिन १ हजार २२१ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ३८ हजार नाघ्यो

Share:

काठमाडौँ । नेपालमा थप १ हजार २२१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परिक्षण्मा ३४८ महिला र ८७३ जना पुरुष गरी १ हजार २२१ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टाको अवधिमा संक्रमण पुष्टि भएको यो पहिलोपटक हो ।

मन्त्रालयका अनुसार आज सबैभन्दा धेरै काठमाडौँ काठमाडौँमा ३७२ जना कोरोना संक्रमित थपिएको छ ।

यस्तै चितवनका ९० जना, बाराका ८२, धनुषाका ७५, रुपन्देहीका ६१, मोरङका ४९, बझाङका ४७, पर्साका ४६, भक्तपुरका ४५, महोत्तरीका ३७, सर्लाहीका ३४, सुनसरीका ३३, सिराहाका २६, काभ्रे र कपिलवस्तुका २५/२५ जना, नवलपरासीका २१, बाँकेका १४, ललितपुरका १२ जना, झापा र डोटीका ११/११ जना, मकवानपुरका ९ जना, पाल्पा र अछामका ८/८ जना, सप्तरी, गुल्मी, बर्दिया र कैलालीका ६/६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी सिन्धुली, कास्की, गोरखा, दाङ र प्युठानका ५/५ जना, ओखलढुंगा र तनहुँका ४/४ जना, धादिङ, बाग्लुङ र अर्घाखाँचीका ३/३ जना, संखुवासभा, सिन्धुपाल्चोक, नवलपुर र दार्चुलाका २/२ जना तथा इलाम, पाँचथर, रामेछाप र कञ्चनपुरका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

योसहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ३८ हजार ५६१ जना पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा २६७ जना डिस्चार्ज भएका छन् । उनीहरु देशका विभिन्न अस्पतालबाट निको भएर घर फर्किएका हुन् ।

यससँगै निको हुनेको संख्या २० हजार ८२२ पुगेको छ । यो कूल संक्रमितको ५४ प्रतिशत हो। नेपालमा हालसम्म २२१ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा मात्र हालसम्मकै धरै १४ जनाको मृत्यु पुष्टि भएको छ ।

गत २४ घण्टामा १२ हजार ७१७ पिसिआर परिक्षण भएको छ भने हालसम्म ६ लाख ४२ हजार ३४३ पिसिआर परिक्षण भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ५१८ छ। हाल क्वारेन्टीनमा ७ हजार ७९७ जना छन् । संस्थागत आइसोसलेनमा १० हजार ६१२ छन् भने होम आइसोलेसनमा ६ हजार ९ सय ६ जना छन्।

कमेन्ट गर्नुहोस्
Share: