
पोखरा । गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार साँझ जारी गरेको तेस्रो विज्ञप्ति अनुसार बागलुङका दुई जना र गोरखाका १२ जना गरी १४ जनामा कोरोना देखिएको छ ।
निर्देशनालयका अनुसार बागलुङ बरेङ– ४ का १९ वर्षीय पुरुष र काठेखोला– ६ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
यस्तै गोरखाको गोरखा नगरपालिका–८ का ३४ वर्षीय पुरुष, १० का ५५ वर्षीय पुरुष र १३ का २३, ४३, ३०, ३२, ३८, ४३, ४५ वर्षका ७ पुरुष तथा ५ वर्षीया बालिकासहित २५ र ७५ वर्षका ३ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सहित आज मात्रै गण्डकीमा ४३ जना संक्रमित थपिएका छन् । यस अघि निर्देशनालयले आज बिहान दुई पटक विज्ञप्ति जारी गरेको थियो ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार १ सय ३७ पुगेको छ ।
