
पोखरा । देशभरको मौसम सोमबार सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
देशका अन्य केही स्थानहरुमा पनि मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
हाल मनसुनको न्यूनचापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहेको छ । भारतको मध्यप्रदेश तथा आसपासको क्षेत्रमा न्यूनचापीय प्रणाली रहेको र त्यसै प्रणाली विस्तारै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्दै जाने देखिएको महाशाखाले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
