अमेरिकामा कोरोना संक्रमितको संख्या ६० लाख नजिक

Share:

काठमाडौँ । कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ६० लाखनजिक पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ५९ लाख ९३ हजार ६ सय ६८ पुगेको हो। अमेरिकामा हालसम्म कोरोना संक्रमणबाट १ लाख ८३ हजार ३४ जनाको मृत्यु भइसकेको छ।

यस्तै, ब्राजिलमा संक्रमितको संख्या ३८ लाख ४६ हजार १ सय ५३ पुगेको छ भने १ लाख २० हजार ४ सय ६२ जनाको मृत्यु भएको छ। भारतमा संक्रमितको संख्या ३८ लाख ४६ हजार १ सय ५३ पुगेको छ भने ६३ हजार ४ सय ९८ जनाको मृत्यु भएको छ।

विश्वभर हालसम्म कोरोना संक्रमित हुनेको संख्या दुई करोड ५१ लाख ३२ हजार भन्दा बढी पुगेको छ । उस्तै विश्वभर कोरोना संक्रमणबाट ८ लाख ४५ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ ।

कमेन्ट गर्नुहोस्
Share: