सुनको मूल्य बढ्यो

Share:

पोखरा । सुनको मूल्य आज तीन सय रुपैयाँले बढेको छ ।

आज सुन तोलाको ९७ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुन हिजो तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको भाउ पनि आज तोलामा २५ रुपैयाँले बढेको छ ।

चाँदी आज तोलाको एक हजार तीन सय ६५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।

चाँदी हिजो तोलाको एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: