लमजुङमा सुरक्षाकर्मी, बैङ्क र अस्पतालका कर्मचारीसहित गण्डकीमा थप १३ जनामा कोरोना पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशमा सोमबार दिउँसो पनि थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार दोस्रो पटक जारी गरेको विज्ञप्ति अनुसार प्रदेशको लमजुङ, गोरखा र नवलपुरका ५ महिला तथा ८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार लमजुङ बेसीसहर–७ की ग्लोबल आइएमई बैङ्क मा कार्यरत ३२ वर्षीया महिला कर्मचारी तथा २० वर्षीया महिला अस्पतालका कर्मचारी र बेसीसहरमा कार्यरत २२ २३ र ३५ वर्षका ३ सुरक्षाकर्मी सहित बेसीसहर ३ का ३२ वर्षीय पुरुष, ७ की २५ वर्षीया महिला र बेसीसहर ८ की २७ वर्षीया महिलामा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।

त्यसैगरी गोरखा १२ का ४६ वर्षीय र १३ का ४० वर्षीय २ पुरुष तथा नवलपुर देवचुली–१० की ३७ वर्षीया महिला, मध्यविन्दु–१० का ३४ वर्षीय पुरुष र गैँडाकोट– ५ का २८ वर्षीय पुरुषमा पनि कोरोना देखिएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार १ सय ५७ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: