देशभरको मौसम बदली, धेरै स्थानमा पानी पर्ने

Share:

पोखरा । देशभरको मौसम आज (मंगलबार) सामान्यतया बदली भइ धेरै स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानमा ठूलो पानी पर्ने समेत सम्भावना रहेको माहाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

माहाशाखाले ठूलो पानी पर्ने सम्भावना रहेका स्थानहरुमा आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा पूर्वी र मध्य भू–भागमा नेपाल नजिक रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: