काठमाडौँका मेयर शाक्यलाई कोरोना संक्रमण

Share:

काठमाडौँ । काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ। उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।

शाक्यले श्रीमतीसहित कोरोना परीक्षणका लागि आइतबार स्वाब दिएका थिए। श्रीमतीको भने नतिजा नेगेटिभ आएको छ।
उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए ।

शाक्यलाई कुनै पनि लक्षण नदेखिएको र होम आइसोलेसनमा रहेको बताइएको छ।

कमेन्ट गर्नुहोस्
Share: