स्त्रीरोग विशेषज्ञ डा भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण

Share:

काठमाडौँ । वरिष्ठ स्त्री रोग विशेषज्ञ डा भोला रिजाल र उनकी श्रीमतीलाई कोरोना संक्रमण देखिएकोे छ। कोरोना संक्रमण पुष्टि भएसँगै रिजाल दम्पती ह्याम्स अस्पतालमा भर्ना भएका छन्।

शनिबार कोरोना पुष्टि भएपछि आइतबारदेखि आफूहरू दुवै जना ह्याम्स अस्पतालमा भर्ना भएको डा रिजालले जानकारी दिए ।

सुरुको दिनमा हल्का ज्वरो आएपनि हाल कुनै लक्षण नदेखिएको डा रिजालले बताएका छन्।

कमेन्ट गर्नुहोस्
Share: