नेपालका लागि बेलायतका पूर्व राजदूत मोरिसको शव चार महिनापछि जंगलमा भेटियो

Share:

काठमाडौँ । नेपालका लागि बेलायतका पूर्व राजदूत रिचर्ड मोरिसको शव चार महिनापछि जंगलमा फेला परेको छ । सोमबार उनको शव दक्षिणपूर्व इंगल्यान्डस्थित ह्याम्पसायरको जंगलमा फेला परेको हो ।

उनी आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा गत मे ६ तारिख बिहान १०ः३० मा दौडिन निस्किएका मोरिस बेपत्ता भएका थिए ।
ह्याम्पसायर प्रहरीले उनी नियमित कसरतका लागि जाने एलिस हल्ट जंगलमा शव फेला पारेको जनाइएको छ ।

५२ वर्षीय मोरिसले सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायती राजदूतका रूपमा काम गरेका थिए ।

उनी राजदूत रहनुअघि फिजीमा ब्रिटिस हाइ कमिसनर थिए। उनका तीन सन्तान र एक श्रीमती छन् ।

कमेन्ट गर्नुहोस्
Share: