
काठमाडौँ । विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख ४८ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार हालसम्म कोरोना संक्रमणबाट ८ लाख ४८ हजार ३ सय ९४ जनाको मृत्यु भएको हो ।
हाल विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ५३ लाख ४९ हजार ५ सय २८ पुगेको छ। यस्तै विश्वमा १ करोड ६७ लाख ३ हजार ९ सय ११ जना संक्रमित निको भएका छन्।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा १ लाख ८३ हजार ४ सय ९९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ६० लाख २७ हजार १ सय ११ पुगेको छ ।
अमेरिका पछि ब्राजिलमा कोरोना संक्रमणबाट १ लाख २० हजार ८ सय २८ को मृत्यु भएको छ भने ३८ लाख ६२ हजार ३ सय ११ संक्रमित भएका छन् ।
तेस्रो प्रभावित भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६४ लाख ४ सय ६९ पुगेको छ भने ३६ लाख २१ हजार २ सय ४५ संक्रमित छन् ।
यस्तै, रुसमा कोरोनाबाट १७ हजार १ सय २८ जनाको मृत्यु भएको छ भने ९ लाख ९२ हजार ४ सय २ जना संक्रमित छन् ।
