
काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले ७ जिल्लाका ११ जनाको मृत्यु पुष्टि भएको जानकारी दिएका हुन् ।
प्रवक्ता गौतमका अनुसार महोत्तरीमा ४ वर्षीया बालिका र ३७ वर्षीय पुरुष गरी २ जना, सिराहाका ६५ वर्षीय पुरुष, पर्साका ५३, ६० र ८० वर्षका ३ पुरुष, बाराका ६० वर्षीय पुरुष, मकावनपुरका ५८ वर्षीय पुरुष, काठमाडौँका ३५ र ७० वर्षका २ पुरुष तथा चितवनका ५२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३९ पुगेको छ । यो कुल संक्रमितको ०.५९ प्रतिशत हो ।
कमेन्ट गर्नुहोस्
