
काठमाडौँ । नेपालमा थप १०६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
२४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३४४ महिला र ७२५ पुरुष गरी १०६९ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार सबैभन्दा धेरै काठमाडौँमा ३९३ जना संक्रमित थपिएका छन् ।
यस्तै रुपन्देहीका ९१ जना, ललितपुरका ५८, सुनसरीका ५६, चितवनका ४५, बझाङका ४०, बाँकेका ३३, लमजुङका ३२, भक्तपुरका ३०, डोटीका २४, कैलालीका २०, सर्लाहीका १९, नवलपुरका १५, झापाका १४, गुल्मी, दाङ र अछामका १३/१३ जना, मोरङ र बैतडीका १२/१२ जना तथा बारा, दोलखा र धादिङका ११/११ मा संक्रमण पुष्टि भएको छ ।
अर्घाखाँचीका ९ जना, काभ्रे र गोरखाका ८/८ जना, कपिलवस्तु र बर्दियाका ७/७, मकवानपुर र सिन्धुलीका ६/६ जना, रौतहट र तनहुँका ५/५ जना, कास्की, नवलपरासी र कञ्चनपुरका ४/४ जना, ओखलढुंगा, खोटाङ, पर्सा, महोत्तरी, नुवाकोट, रामेछाप, जुम्ला, दैलेख र डडेलधुराका २/२ जना तथा उदयपुर, पाँचथर, सप्तरी, सिन्धुपाल्चोक, रसुवा, पर्वत, पाल्पा, प्युठान, रुकुम पूर्व, धनुषा, सल्यान र सुर्खेतका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ।
यसैगरी पछिल्लो २४ घण्टामा ७६८ जना संक्रमुक्त भइ डिस्चार्ज भएका छन् । उनीहरु देशका विभिन्न अस्पतालबाट निको भएर घर फर्किएका हुन् ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २२ हजार १७८ पुगेको छ । यो कुल संक्रमितको ५५ प्रतिशत प्रतिशत हो।
हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ ।
हाल १८ हजार ११२ जना संक्रिय संक्रमित छन् ।
गत २४ घण्टामा १२ हजार ८८ पिसिआर परीक्षण भएको छ भने हालसम्म ७ लाख ५ हजार ५६० पिसिआर परिक्षण भएको छ । हाल ७ हजार ३९० जना क्वारेन्टीनमा छन्।
संस्थागत आइसोलेसनमा १० हजार ८३२ छन् भने होम आइसोलेसनमा ७ हजार २८० जना छन्।
