
काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु पुष्टि भएको छ ।
स्वस्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा बुधबार प्रवक्ता डा जागेश्वर गौतमले गत २४ घण्टामा महिला र पुरुष ६/६ जना गरी १२ जनाको मृत्यु पुष्टि भएको जानकारी दिएका हुन् ।
मृत्यु हुने महिलाहरुमा चितवनका ५५ र १८ वर्षीया, काठमाडौँकी ८९ वर्षीया, ललितपुरकी ७० वर्षीया, तनहुँकी २० वर्षीया र कपिलवस्तुकी ६० वर्षीया रहेका छन् ।
यसैगरी मृत्यु हुने पुरुषहरुमा बाराका ९७ वर्षीय, चितवनका ६५ वर्षीय, भक्तपुरका ४० वर्षीय, धादिङका ४७ वर्षीय, काठमाडौँका ७० र ७५ वर्षीय पुरुष रहेका छन् ।
यससँगै नेपामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ । यो संक्रमित संख्याको ०.६ प्रतिशत हो ।
कमेन्ट गर्नुहोस्
