
स्याङ्जा । स्याङ्जामा एक जना अबैध भरुवा बन्दुक सहित पक्राउ परेका छन् ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार पुतलीबजार नगरपालिका–८ बाहकोट निवासी ३३ वर्षीय अमितसिंह ठकुरी पक्राउ परेका हुन् ।
ठकुरीको घरमा हातहतियार छ भन्ने गोप्य सूचनाको आधारमा स्याङ्जा प्रहरीले उनलाई हातहतियार सहित पक्राउ गरेको हो ।
ठकुरीले सुत्ने कोठामा लुकाइछिपाई राखेको अवस्थामा एक थान अवैध भरुवा बन्दुक सहित उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाका विषयमा थप अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
