
बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–९ को सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगाएको छ । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो ।
अबिरल वर्षासँगै बुधबार राति १२ बजेको समयमा आएको बाढीले घर बगाउँदा बेपत्ता भएकामा २ जनाको शव फेला परेको र ९ जना अझै बेपत्ता रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले राति नै घटनास्थलमा प्रहरी परिचालन गरिएको जानकारी दिँदै बिहान नेपाली सेना र सशस्त्र प्रहरी बललाई घटनास्थलमा पठाइएको जानकारी दिए।
उनका अनुसार अहिले घटनास्थलमा उद्धार र बेपत्ताको खोजी जारी छ।
कमेन्ट गर्नुहोस्
