
काठमाडौँ । विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख ६० हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार विश्वमा कोरोनाबाट ८ लाख ६० हजार ८ सय ५७ जनाको मृत्यु भएको छ ।
हाल विश्वमा संक्रमितको संख्या २ करोड ५९ लाख २५ हजार ३ पुगेको छ भने १ करोड ७२ लाख ४ हजार १ सय २७ जना निको भएका छन्।
सबैभन्दा बढी प्रभावित अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ८५ हजार ६ सय ६९ पुगेको छ भने संक्रमितको संख्या ६१ लाख ११ हजार ४ सय ८५ पुगेको छ ।
यस्तै, ब्राजिलमा मृत्यु हुनेको संख्या १ लाख २३ हजार ७ सय ८० पुगेको छ भने संक्रमित संख्या ३९ लाख ९७ हजार ८ सय ६५ पुगेको छ ।
छिमेकी देश भारतमा मृत्यु हुनेको संखया ६६ हजार ३ सय ३३ पुगेको छ भने ३७ लाख ६९ हजार ५ सय २३ संक्रमित छन् ।
त्यस्तै रुसमा मृत्यु हुनेको संख्या १७ हजार ३ सय ६५ पुगेकोे छ भने संक्रमितको संख्या १० लाख १ हजार ९ सय ६५ छन् ।
