
पोखरा । पोखरामा एक कोरोना संक्रमित थपिएका छन् ।
बिहीबार पोखरा महानगर–८ का ६० वर्षीय पुरुषलाई कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार उनी कन्ट्याक ट्रेसिङमा परेका हुन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार दुई सय ७७ पुगेको छ ।
यसअघि आज बिहानै गण्डकीमा तीन जना कोरोना संक्रमित थपिएका थिए ।
कमेन्ट गर्नुहोस्
