पोखरामा एकै पटक २९ जनामा कोरोना पुष्टि, तनहुँमा दुई संक्रमित थपिए

Share:

पोखरा । पोखरामा एकै पटक २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार दिउँसो तेस्रो विज्ञप्ति मार्फत पोखरा महानगरका १२ जना महिला र १७ पुरुष गरी २९ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

निर्देशनालयका अनुसार वडा नं १, ५, १६ र ३० मा एकएक जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै वडा नं. १२ मा आठ जना, १० मा सात जना, २७ मा तीन जना तथा वडा नं. ८, १३ र १४ मा दुईदुई जनामा कोरोना देखिएको छ । त्यस्तै एक संक्रमितको भने वडा नं खुलाइएको छैन ।

यसैगरी तनहुँको व्यास १ र ४ का २९, २९ वर्षीया २ महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ८ पुगेको छ ।

यसअघि बिहीबार बिहान पोखराका एक सहित गण्डकीमा ४ संक्रमित थपिएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: