
बाग्लुङ । बागलुङको ढोरपाटन नगरपालिमा गएको बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या १० पुगेको छ ।
यस्तै ४१ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बेपत्ताको संख्या अझ बढ्न सक्ने प्रहरीको अनुमान छ ।
हालसम्म ४ जना घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
नगरपालिकाको ७, ८ र ९ वडाको तटीय वस्तीमा अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले ३१ घरमा पूर्ण क्षति पु-याएको छ ।
घटनास्थलमा फेला परेको शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
घटना स्थलमा नेपाल प्रहरी र नेपाली सेनाले उद्दार गरिरहेको छ ।
सम्बन्धित समाचारहरुः
बागलुङमा सुकुर्दुङ खोलाको बाढीले बस्ती बगायो, २ जनाको शव फेला, ९ बेपत्ता
बागलुङ बाढी-पहिरो अपडेटः मृतक संख्या ८ पुग्यो, १३ बेपत्ता, ४ घाइते
