
काठमाडौँ । नेपालमा थप १ हजार २२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३९४ महिला र ८३४ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार सबैभन्दा धेरै काठमाडौँमा ३५७ जना संक्रमित थपिएका छन् ।
यस्तै सर्लाहीका १०९ जना, बाराका ७१, पर्सा ६५ जना, धनुषाका ६४ जना, चितवनका ५६ जना, रुपन्देहीका ५२ जना, मोरङ र ललितपुरका ४६/४६ जना, भक्तपुरका ४२ जना, कास्कीका ३१ जना, रौतहटका २९ जना, सुनसरीका २७ जना, मकावनपुरका २२ जना, महोत्तरीका २० जना, कैलालीका १५ जना, झापाका १२ जना र कपिलवस्तुका ११ जनामा कोरोना देखिएको हो ।
गुल्मी र बझाङका १०/१० जना, लमजुङ र नवलपरासीका ९/९ जना, बाँकेका ८ जना, ओखलढुङ्गा, काभ्रे र सुर्खेतका ७/७ जना, संखुवासभा, नवलपुर, दैलेख र अछामका ६/६ जना, दोलखा, गोरखा र बर्दियाका ५/५ जना, नुवाकोट, दाङ र डोटीका ४/४ जना, धनकुटा, धादिङ, सिन्धुपाल्चोक, तनहुँ र कञ्चनपुरका ३/३ जना, उदयपुर, तेह्रथुम, पाल्पा, प्युठान, कालिकोट, सल्यान, दार्चुला र बैतडीका २/२ जना तथा सप्तरी, रामेछाप, बाग्लुङ, जाजरकोटका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै कुल संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा ९१७ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । उनीहरु देशका विभिन्न अस्पतालबाट निको भई डिस्चार्ज भएका हुन् ।
यससँगै नेपालमा कोरोना भाइरस निको हुनेको संख्या २४ हजार २०७ पुगेको छ । यो ५६ प्रतिशत हो ।
हालसम्म नेपामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५७ पुगेको छ । यो संक्रमित संख्याको ०.६ प्रतिशत हो ।
गत २४ घण्टामा १३ हजार ४१३ परिक्षण भएको छ भने हालसम्म ७ लाख ३१ हजार ८५२ पिसिआर परिक्षण भएको छ ।
हाल १८ हजार ४१३ जना संक्रिय संक्रमित छन् । संस्थागत आइसोलेसनमा १० हजार ६७१ छन् भने होम आइसोलेसनमा ७ हजार ७४२ जना छन्। हाल ६ हजार ७४९ जना क्वारेन्टीनमा छन्।
