
पोखरा । गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या पुगेको छ । बिहीबार तनहुँकी एक महिलाको मृत्यु पुष्टि भएसँगै गण्डकीमा मृतक संख्या १६ पुगेको हो ।
स्वस्थ्य निर्देशनालय गण्डकीका अनुसार तनहुँ म्याग्दे गाउँपालिका–१ की ९२ बर्षीया महिलाको बुधबार शसस्त्र प्रहरी अस्पताल, काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको हो ।
सो अस्पतालमा दम, मुटु तथा मृगौलाको समस्याको उपचार गराईरहेकी ती महिलामा कोरोनाको संक्रमण पुष्टि भएको थियो ।
यसैगरी गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या पनि २ हजार ३ सय १२ पुगेको पनि निर्देशनालयले जनाएको छ ।
बिहीबार दिउँसो तनहुँ म्याग्दे की ९२ बर्षीया मृतक महिलासहित नवलपुरका थप ३ जना गरी ४ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या पनि २ दुई हजार ३ सय १२ पुगेको हो ।
निर्देशनालयका अनुसार बिहीबार दिउँसो नवलपुर गैंडाकोट– ५ का २८ वर्षीय, ९ का ६६ वर्षीय र ७ का ६० वर्षीय गरी ३ पुरुषमा कोरोना पुष्टि भएको छ ।
यससँगै आज मात्रै हालसम्म गण्डकीमा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने एकको मृत्यु भएको छ ।
यसैगरी गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या १ हजार ७ सय ६६ पुगेको पनि निर्देशनालयले जानकारी दिएको छ । निको हुने दर ७६.३८५ प्रतिशत रहेको पनि जनाइएको छ ।
यस्तै निर्देशनालयले बिहीबारको तेस्रो बिज्ञप्तिमा तनहुँ जिल्ला, भानु नगरपालिका–१ का संक्रमित व्यक्ति बर्ष ९ का पुरुष हुनुपर्नेमा अन्यथा भएकोले सच्याईएको पनि जनाएको छ ।
