
पोखरा । पोखरामा कोरोना संक्रमणका कारण एक पुरुषको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा–६ का ३७ वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार साँझ ५ः५० बजे मृत्यु भएको हो ।
ती पुरुष बिहीबार बिहान ५ः२० मा संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथबाट प्रतिष्ठान अन्तर्गतको पश्चिमान्चल क्षेत्रिय अस्पतालमा रिफर भइ प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रको आइसीयुमा भर्ना भएका थिए । प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा कोरोनाबाट हालसम्म ८ जनाको मृत्यु भएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।
कमेन्ट गर्नुहोस्
