यस्तो छ आजको मौसम पूर्वानुमान!

Share:

पोखरा । देशभर शुक्रबारको मौसम सामान्यतया बदली रही केही स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै शुक्रबार प्रदेश १ र गण्डकी प्रदेशका एकदुई स्थानहरुमा भारी वर्षाको सम्भावना समेत रहेको महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा केही पर दक्षिण तर्फ अवस्थित रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: