
काठमाडौँ । विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख ६६ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार हालसम्म ८ लाख ६६ हजार ५ सय ९८ जनाको मृत्यु भएको हो ।
यस्तै विश्वमा संक्रमितको संख्या २ करोड ६१ लाख ९८ हजार ९५ पुगेको छ भने १ करोड ७४ लाख ७ हजार २ सय ८० जना निको भइसकेका छन्।
सबैभन्दा बढी प्रभावित अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ८६ हजार ६ सय ९८ पुगेको छ भने संक्रमितको संख्या ६१ लाख ४६ हजार ५ सय २४ पुगेको छ ।
यस्तै, ब्राजिलमा १ लाख २४ हजार ६ सय १४ को मृत्यु भएको छ भने संक्रमित संख्या ४० लाख ४१ हजार ६ सय ३८ पुगेको छ ।
भारतमा मृतक संख्या ६७ हजार ३ सय ७६ पुगेको छ भने संक्रमित संख्या ३८ लाख ५३ हजार ४ सय ६ पुगेको छ । रुसमा मृतक संख्या १७ हजार ४ सय ७९ पुगेको छ भने संक्रमित संख्या १० लाख ६ हजार ९२ पुगेको छ।
