बाग्लुङ ढोरपाटन पहिरोमा शव भेटिएका मध्ये चार जनाको पहिचान

Share:

बाग्लुङ । बाग्लुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा बुधबार राति आएको बाढीपहिरोमा परी मृत्यु भएका १४ मध्ये चार जनाको शव सनाखत भएको छ।

शव सनाखत हुनेमा ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विक रहेको प्रहरीले जनाएको छ।

शव भेटिएका १० जनाको अझै सनाखत हुन सकेको छैन । शव क्षतविक्षत अवस्थामा भेटिएकाले पहिचान गर्न नसकिएको प्रहरीले जनाएको छ । उनीहरुको शव बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। पहिचान भएकाहरुको पोष्टमार्टमको काम आज हुने छ।

सो पहिरोमा परी २४ जना अझै बेपत्ता छन्। बेपत्ताको खोजी भइरहेको छ । पहिरोले ४० घर बगाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: