
पोखरा । आज शुक्रबार सुनको मूल्य १ सय रूपैयाँले घटेको छ। शुक्रबारका लागि नेपाली बजारमा सुनको मूल्य ९६ हजार ४ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार सुन प्रतितोला ९६ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदीको मूल्य पनि ३५ रूपैयाँले घटेको छ। शुक्रबारका लागि चाँदीको मूल्य १३ सय १० रूपैयाँ तोकिएको छ।
बिहीबार चाँदी प्रतितोला १३ सय ४५ रूपैयाँमा कारोबार भएको थियो।
कमेन्ट गर्नुहोस्
