२४ घण्टामा कोरोनाबाट थप १४ जनाको मृत्यु पुष्टि

Share:

काठमाडौँ । कोरोना संक्रमणबाट गत २४ घण्टामा थप १४ जनाको मृत्यु पुष्टि भएको छ ।

स्वस्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा जागेश्वर गौतमले ४ जना महिला र १० जना पुरुष गरी १४ जनाको मृत्यु पुष्टि भएको जानकारी दिएका हुन् ।

मृत्यु हुने महिलाहरुमा चितवनकी एक ३५ वर्षीया तथा काठमाडौँका ८२, ६७ र २२ वर्षका ३ जना गरी ४ जना जना रहेका छन् ।

यसैगरी मृत्यु हुने पुरुषहरुमा सप्तरीका ५५/५५ वर्षका दुई जना, धनुषाका ६५ वर्षीय, कास्कीका ३१ वर्षीय, नवलपरासीका ३७ वर्षीय, प्युठानका ५८ वर्षीय, रुपन्देहीका ७८ वर्षीय, पाल्पाका ६३ वर्षीय र सुर्खेतका ४२ वर्षीय रहेका छन् ।

यससँगै नेपामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७१ पुगेको छ ।

हाल १८ हजार ४०४ जना संक्रिय संक्रमित छन् । संस्थागत आइसोलेसनमा १० हजार ९४२ छन् भने होम आइसोलेसनमा ७ हजार ४६२ जना छन्। हाल ६ हजार ५६१ जना क्वारेन्टीनमा छन्।

गत २४ घण्टामा १३ हजार ६३८ परिक्षण भएको छ भने हालसम्म ७ लाख ४५ हजार ४९० पिसिआर परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: