
काठमाडौँ । नेपालमा थप १३ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४६४ महिला र ८९५ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार सबैभन्दा धेरै काठमाडौँमा ३८६ जना संक्रमित थपिएका छन् ।
यस्तै चितवनका ८२ जना, सर्लाहीका ८० जना, मोरङका ७६ जना, कैलाली ५२ जना, बाँकेका ४८ जना, महोत्तरीका ४६ जना, धनुषाका ४३ जना, रुपन्देही ४४ जना, सुनसरीका ३९ जना, भक्तपुरका ३६ जना, ललितपुरका ३२ जना, झापा र नवलपुरका २८/२८ जना, पर्साका २७ जना, सप्तरी र गारखाका २६/२६ जना, सुर्खेतका २२ जना, बारा, जुम्लाका २१/२१ जना, कास्कीका २० जना, धादिङका १९ जना, मकावनपुरका १८ जना, बर्दियाका १४ जना, रामेछापका १३ जना, तनहुँका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै लमजुङका १० जना, दैलेखका ९ जना, काभ्रेपलाञ्चोक, कपिलवस्तु र दाङका ७/७ जना, पाल्पाका ६ जना, नुवाकोट र कञ्चनपुरका ५/५ जना, सिन्धुपाल्चोक र डोटीका ४/४ जना, स्याङ्जा, दार्चुला, बझाङ र बैतडीका ३/३ जना, खोटाङ, ओखलढुङ्गा, रौतहट, दोलखा, सिन्धुली, गुल्मी र जाजरकोटका २/२ जना तथा उदयपुर, सिराहा, रसुवा, म्याग्दी, बाग्लुङ, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, अछामका एकएक जनामा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता गौतमको जानकारी दिएका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४४ हजार २३६ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भई १३ सय ५४ जना डिस्चार्ज भएका छन् । उनीहरु देशका विभिन्न अस्पतालबाट निको भई घर फर्किएका हुन् ।
यससँगै निको हुनेको संख्या २५ हजार ५६१ पुगेको छ । यो संक्रमितको ५८ प्रतिशत हो ।
हालसम्म नेपामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७१ पुगेको छ ।
हाल १८ हजार ४०४ जना संक्रिय संक्रमित छन् । संस्थागत आइसोलेसनमा १० हजार ९४२ छन् भने होम आइसोलेसनमा ७ हजार ४६२ जना छन्। हाल ६ हजार ५६१ जना क्वारेन्टीनमा छन्।
गत २४ घण्टामा १३ हजार ६३८ परिक्षण भएको छ भने हालसम्म ७ लाख ३१ हजार ४९० पिसिआर परिक्षण भएको छ ।
