
पोखरा । पोखरामा १८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
हिजो (शनिबार) बिहान ८ः४५ बजे जंगलको एकान्त बाटोमा एक्लै हिडिरहेकी युवतीलाई डर र धाकधम्की देखाई जवरजस्ती करणी गर्ने पोखरा– २० भलामका ३५ वर्षीय गणेश खत्री पक्राउ परेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुबास हमालले जानकारी दिए ।
डिएसपी हमालका अनुसार पेशाले ट्याक्सी ड्राइभर रहेका खत्रीलाई शनिबार भलामबाटै पक्राउ गरिएको हो ।
पक्राउ परेका खत्रीलाई जबरजस्ती करणी उद्योग सम्बन्धी कसुर अन्तरगत अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
