
लमजुङ । लमजुङमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले आइतबार चौंथो विज्ञप्ति जारी गरी लमजुङका ४ पालिकाका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
आइतबार साँझ लमजुङको सुन्दरबजारका २४ वर्षीया महिला, भारतबाट आएका ३८ वर्षका दुई पुरुष र ३९ वर्षीय पुरुष तथा ३८ र ५२ वर्षका दुई सरसफाई कर्मचारीमा कोरोना देखिएको छ ।
यस्तै बेशीसहर–२ का मुक्तिनाथ बिकाश बैंकमा कार्यरत कर्मचारी ४१ बर्षीय पुरुष, बेसीसहर–९ की २६ वर्षीया महिला, ३ का ४३ वर्षीय पुरुष र ७ का ४४ वर्षीय पुरुष, मस्र्याङ्दी–२ का एम्बुलेन्स चालक ५८ वर्षीय पुरुष र राईनास–९ का २१ वर्षीय पुरुष, ८ का ५५ वर्षीय पुरुष र ६ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसअघि आजै बिहान गण्डकीमा ६९ जना कोरोना संक्रमित थपिएका थिए ।
निर्देशनालयका अनुसार उपचारका क्रममा मृत्यु भएकी गोरखाकी ७५ वर्षीया वृद्धा सहित हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ५ सय ३१ पुगेको छ ।

