तनहुँमा दाहसंस्कारको लागि जाँदै गरेको जिप दुर्घटनाः २ जनाको मृत्यु, ५ घाइते

Share:

तनहुँ । तनहुँमा सोमबार बलेरो जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

सोमबार करिब बिहान १०ः३५ बजे भएको दुर्घटनामा जीपका चालक म्याग्दे गाउँपालिका–७ का वर्ष ३२ को होम बहादुर श्रेष्ठ र जिपमा सवार व्यास नगरपालिका–५ का वर्ष ५५ को राज कुमार श्रेष्ठको मृत्यु भएको हो ।

उनीहरुको एपोलो अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

यस्तै सो दुर्घटनामा ५ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा तनहुँ व्यास नगरपालिका–५ का वर्ष ४९ को सन्त कुमार श्रेष्ठ, वर्ष २५ को मधुसुदन श्रेष्ठ, वर्ष ५१ को राम कुमार श्रेष्ठ, वर्ष ४५ को अनन्त कुमार श्रेष्ठ र संगीता श्रेष्ठ रहेका छन् । उनीहरुको उपचार भईरहेको प्रहरीले जनाएको छ ।

रिसिङ गाउँपालिका–१ देउलिखोला स्थित दमौली देबघाट भित्री सडक खण्डमा चापाघाटबाट खाल्टे दाहसंस्कारको लागि जाँदै गरेको ग १ ज ७१२८ नं को बलेरो जिप आफै अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो ।

जिप अन्दाजी ७० फिट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भईरहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: