
पोखरा । अहिले देशका अधिकांश स्थानमा सामान्य बदली भइ गण्डकी प्रदेश, प्रदेश १, प्रदेश २, बागमती प्रदेश र प्रदेश ५ का केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
हाल मनसुनको न्यून चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ रहेको र स्थानिय वायुको पनि प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबार देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै गण्डकी प्रदेश, प्रदेश १, प्रदेश २, बागमती प्रदेश तथा प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाकाले जारी गरेको सूचनामा उल्लेख छ।
कमेन्ट गर्नुहोस्
