
काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु पुष्टि भएको छ ।
स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ वटा जिल्लाका १ महिला र ५ पुरुष गरी ६ जनाको मृत्यु पुष्टि भएको हो ।
काठमाडौँका ८० वर्षीया महिला तथा ८५ वर्षीय पुरुष गरी दुई जना, सुनसरीका ७० वर्षीय पुरुष, पर्साका ५४ वर्षीय तथा ६० वर्षीय दुई पुरुष र कपिलवस्तुका ६२ वर्षीय पुरुषको मृत्यु पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३०६ पुगेको छ। नेपालमा हाल कुल मृत्युदर ०.६३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
हाल १४ हजार ८६८ जना सक्रिय संक्रमित छन् भने ८ हजार ५३ जना संस्थागत आइसोलेसनमा छन् भने ६ हजार ८१५ जना होम आइसोलेसनमा छन्। गत २४ घण्टामा १० हजार ६११ परिक्षण भएको छ। हालसम्म ७ लाख ८८ हजार १७४ परिक्षण भएको छ । हाल ५ हजार ३१० जना क्वारेन्टीनमा छन्।
