
पोखरा । सुनचाँदीको मूल्यमा आज सामान्य गिरावट आएको छ ।
सुनको मूल्य आज तोलामा तीन सय रुपैयाँले घटेर ९५ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो तोलाको सुन ९६ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदी पनि आज तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी १३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
