पोखराका २६ सहित गण्डकीमा थप ४८ जनामा कोरोना पुष्टि

Share:

पोखरा । पोखराका २६ जनासहित गण्डकी प्रदेशमा थप ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वस्थ्य निर्देशनालय गण्डकीले मंगलबार बिहान जारी गरेको दोस्रो विज्ञप्ति अनुसार पोखरा महानगरपालिका १० पार्कल्याण्ड हस्पिटलमा कार्यरत २७ वर्षीया महिला स्वास्थ्यकर्मी तथा गण्डकी मेडिकल कलेजमा उपचाररत बिरामी ४७ वर्षीय पुरुष सहित थप २६ जनालाई कोरोना भाइरस स्रंक्रमण पुष्टि भएको हो ।

क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणका क्रममा पोखरा फुड्स प्रालिमा कार्यरत रहेका थप २४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १७ देखि ४९ वर्ष उमेर समुहका २० महिला तथा २७, २८, १७ र ४० वर्षका ४ जना पुरुष रहेका छन् ।

यस्तै तनहुँमा थप ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा आँबुखैरेनी गाउँपालिका–३ का ५६ वर्षीय पुरुष तथा ४२ र ४८ वर्षका २ जना महिला रहेका छन् ।

यता बाग्लुङमा पनि थप ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तामनखोला १ का ३८ र ४० वर्षका २ पुरुष तथा २२, २३, २८ र २९ वर्षका ४ महिला, वडा नम्बर २ का १८ वर्षीया महिला, वडा नम्बर ५ का ३० वर्षीया महिला र वडा नम्बर ८ का १९ वर्षीय पुरुषमा कोरोना देखिएको हो ।

यसैगरी स्वस्थ्य निर्देशनालय गण्डकीले मंगलबार बिहान तेस्रो विज्ञप्ति जारी गरी गोरखामा समेत थप १० जनालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा क्रममा जिल्लाको गोरखा नगरपालिका वडा नम्बर ७ का ५ वर्षीय बालक सहित २२ र २३ वर्षका ३ पुरुष तथा ६५ र २५ वर्षका २ महिला, बारपाक सुलिकोट ५ का ३० वर्षीय पुरुष, वडा नम्बर ७ का २४ र ४६ वर्षका २ पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै भीमसेनथापा–३ का ७० वर्षीय पुरुष तथा सिरानचोक–६ का १७ वर्षीय पुरुषलाई समेत संक्रमण पुष्टि भएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ६० पुगेको छ ।

यसअघि आज बिहानै समेत पोखराका ५ र नवलपरका ६ गरी गण्डकीमा ११ जना संक्रमित थपिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: