
पोखरा । पोखरामा कोरोना संक्रमणबाट मंगलबार एक महिलाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा–१० की ७३ वर्षीया महिलाको मृत्यु भएको हो ।
हिजो (सोमबार) कोरोना संक्रमण पुष्टि भई प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रको आइसीयुमा भर्ना भएकी महिलाको मंगलबार दिउँसो ३ः५० बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा.अर्जुन आचार्यले जानकारी दिएका छन् ।
हालसम्म प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा कोरोनाबाट ९ जनाको मृत्यु भइसकेको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेकोे संख्या २१ पुगेको छ ।
कमेन्ट गर्नुहोस्

