पोखरामा पहिरोले ३ वटा मोटरसाइकल पुरिए

Share:

पोखरा । अविरल वर्षाका कारण खसेको पहिरोले पोखरामा ३ वटा मोटरसाइकल पुरेको छ ।

पोखरा–३१ कडेंल स्वारामा मंगलबार बिहान १ बजे खसेको पहिराले पार्किङ गरी राखिएका ३ वटा मोटरसाइकल पुरेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

पहिरोले स्थानिय सुनील बिकको ग६प ६२९१ नम्बरको पल्सर मोटरसाइकल, निर्मल सुनारको ग५प ९९१२ नम्बरको डियो स्कुटर र समन सुनारको ग७प ७३२९ नं को एभेन्जर मोटरसाइकल पुरेको हो । प्रहरीले पहिरोबाट ती मोटरसाइकल बाहिर निकालिसकेको छ ।

पहिरोले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: