गण्डकीमा कोरानाबाट थप एक जनाको मृत्यु, ६ वर्षीया बालिका सहित ११ संक्रमित थपिए

Share:

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

भरतपुर अस्पताल चितवनमा उपचाररत नवलपुरको देवचुली नगरपालिका वडा नम्बर १ का ६४ वर्षीय वृद्धको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

उनलाई भदौ १७ गते कोरोना पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपछि खोकीसहित श्वासप्रश्वासमा समस्या भई भदौ १९ गते भरतपुर अस्पताल कोभिड सघन उपचार कक्षमा भर्ना भएका उनको उपचारका क्रममा हिजो साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

६ वर्षीया बालिका सहित ११ संक्रमित थपिए

यसैगरी ६ वर्षीया बालिका सहित गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार
बिहान कास्की, बाग्लुङ र नवलपुरका ११ जनामा कोरोना देखिएको स्वस्थ्य निर्देशनालयले जानकारी दिएको हो ।

निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ६ का ६ वर्षीया बालिका सहित ३४ वर्षीया महिला, वडा नम्बर ७ का २५ वर्षीय पुरुष, वडा नम्बर १४ का १७ तथा ४५ वर्षका पुरुष, वडा नम्बर १३ का ३८ वर्षीया महिला, वडा नम्बर १७ का २२ वर्षीय पुरुष, वडा नम्बर ८ पुरुष र वडा नखुलेका २४ वर्षीय पुरुषमा कोरोना देखिएको छ ।

यस्तै बागलुङको तमानखोला–१ का २६ वर्षीय पुरुष र नवलपुर गैंडाकोट–१ का ५४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २६७२ (१ मृत्यु समेत) पुगेको निर्देशनालयले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: