नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

Share:

काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाका मृत्यु भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३ जना महिला र ३ जना पुरुष गरी ६ जनाको मृत्यु पुष्टि गरेको हो ।

मृत्यु हुने महिलाहरुमा कास्कीकी ७३ वर्षीया, काठमाडौँकी ८३ वर्षीया र बाँकेकी ८० वर्षीया छन् ।

यस्तै मृत्यु हुने पुरुषहरुमा काठमाडौँका ६७ वर्षीय, अर्घाखाँचीका ४२ वर्षीय र नवलपरासीका ६४ वर्षीय रहेका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१२ पुगेको छ । यो ०.६३ प्रतिशत हो ।

हाल देशभर १५ हजार २५ जना सक्रिय संक्रमित छन् । संस्थागत आइसोलेसनमा ७ हजार ९८८ जना छन् भने होम आइसोलेसनमा रहनेको संख्या ७ हजार ३७ जना छन् । हाल ५ हजार ४८० क्वारेन्टीनमा छन्।

पछिल्लो २४ घण्टामा ११ हजार १६७ परिक्षण भएको छ । हालसम्म ७ लाख ९९ हजार ३४१ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: