
काठमाडौँ । नेपालमा थप १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा महिला ३३८ र पुरुष ७४३ जना गरी १०८१ जनामा कोरोना कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार आज सबैभन्दा धेरै काठमाडौँमा ३९४ जना संक्रमित थपिएका छन् ।
यस्तै सिराहाका ८१ जना, मोरङका ७७ जना, रौतहटका ७० जना, सुनसरीका ५६ जना, मकवानपुर र रुपन्देहीका ४२/४२ जना, भक्तपुरका ३६ जना, ललितपुरका ३४ जना, सप्तरीका २६ जना, बाँके र सुर्खेतका २२/२२ जना, चितवनका २१ जना, बाराका १७ जना, बर्दियाका १३ जना, नवलपरासीका १२ जना, कपिलवस्तुका ११ जना र कास्कीका १० जनामा संक्रमण पुष्टि भएको छ ।
धनकुटाका ९ जना, काभ्रेका ८ जना, झापा, पर्सा र सर्लाहीका ६/६ जना, भोजपुरका ५ जना, नुवाकोट र तनहुँका ४/४ जना, ओखलढुंगा, धनुषा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, लमजुङ र दार्चुलाका ३/३ जना, खोटाङ, महोत्तरी, धादिङ, बाग्लुङ, गुल्मी, पाल्पा, दैलेख र बझाङका २/२ जना तथा उदयपुर, ताप्लेजुङ, सिन्धुली, गोरखा, नवलपुर, पर्वत, स्याङ्जा, दाङ, जाजरकोट र अछामका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४९ हजार २१९ जना पुगेको छ।
यसैगरी पछिल्लो २४ घण्टामा ९१८ संक्रमणमुक्त भएका छन्। योसँगै ३३ हजार ८८२ जना निको भएका छन्। यो कुल संक्रमितको ६८.८ प्रतिशत हो।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१२ पुगेको छ । यो कुल संक्रमितको ०.६३ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा ११ हजार १६७ परिक्षण भएको छ । हालसम्म ७ लाख ९९ हजार ३४१ परिक्षण भएको छ ।
हाल देशभर १५ हजार २५ जना सक्रिय संक्रमित छन् । संस्थागत आइसोलेसनमा ७ हजार ९८८ जना छन् भने होम आइसोलेसनमा रहनेको संख्या ७ हजार ३७ जना छन् । हाल ५ हजार ४८० क्वारेन्टीनमा छन्। आईसीयुमा १६२ जना र भेन्टिलेटरमा २२ जना उपचाररत छन् ।
