
पोखरा । पोखराका १९ जना सहित गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार बिहान विज्ञप्ति जारी गरी सो बारे जानकारी दिएको हो ।
निर्देशनालयका अनुसार पोखरामा संक्रमण पुष्टि हुनेमा पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा कार्यरत स्टाफनर्स पोखरा–१५ की २३ बर्षीय महिला, सोहि अस्पतालमा उपचाररत पोखरा–३२ का ५० बर्षीय पुरुष, पोखरा महानगरपालिका–१९ का २२ बर्षीय प्रहरी, पोखरा ५ की १७ वर्षीया महिला र ४५ वर्षीय पुरुष तथा पोखरा ८ का ९ वर्षका बालकसहित १३, १५, २५,२५ र २९ वर्षका ६ पुरुष र ८ वर्षकी बालिकासहित २८ वर्षका ३ जना तथा २४, ३४ र ४० वर्षका गरी ७ महिला रहेका छन् ।
यसैगरी बागलुङको जैमिनीका ५१ वर्षीया महिला, गलकोटका २९ वर्षीय पुरुष, बरेङ–४का २२ र २० वर्षका दुई पुरुष २ का ८ वर्षीय बालकसहित ३६ र ५९ वर्षका ३ पुरुष तथा ३३ र ५७ वर्षका दुई महिलामा कोरोना देखिएको छ ।
यस्तै स्याङजाको पुतलीबजारका २६, २७, ३३, ५३, र ६० वर्षका ५ महिला तथा ५५, ३८, ३६, ३१, २५, ४१ र ५२ वर्षका ७ पुरुषमा पनि कोरोना देखिएको छ ।
तनहुँको भिमादका २२, २८ र २२ वर्षका ३ पुरुष, नेपाल प्रहरीमा कार्यरत पर्वतका २८ वर्षीय पुरुष तथा नवलपुरको देवचुली– १६ का ४ वर्षीय बालक, कावासोती–१६ का २ वर्षीय बालक र ३४ वर्षीया महिला तथा १७ का ३६ वर्षीया महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
बाग्लुङ जिल्ला, जैमिनीका ५१ बर्षीय महिला पोखराको फेवासिटी अस्पतालमा उपचाररत रहेको र अन्य सबै विदेशबाट आएर क्वारेन्टीनमा रहेको निर्देशनालयले जनाएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ७ सय २८ पुगेको छ ।


