बागलुङमा चट्याङ्ग लागेर एकजनाको मृत्यु

Share:

बागलुङ । चट्याङ्ग लागेर बागलुङको ताराखोलामा एक पुरुषको मृत्यु भएको छ।

बुधबार राति वर्षासँगै परेको चट्याङ्गले लाग्दा ताराखोला गाउँपालिका–३ सिलमारेका भीमबहादुर बस्नेतको मृत्यु भएको हो ।

मोबाइल चार्जमा राख्न लागेको बेला चट्याङले उनलाई लागेको थियो ।

टाउकोमा गहिरो चोट लागेको उनको उपचारको क्रममा गलकोट हटियास्थित प्राथमिक स्वास्थ्यकेन्द्रमा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टमपछि बिहीबार परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: