
पोखरा । सुनको मूल्य आज तोलामा चार सय रुपैयाँ बढेको छ ।
आज सुन तोलामा ९६ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो तोलामा सुनको भाउ ९६ हजार ४ सय थियो ।
यस्तै आज चाँदी पनि तोलामा १० रुपैयाँले बढेको छ ।
आज चाँदी तोलाको १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
