कास्की र तनहुँका थप दुई जनामा कोरोना पुष्टि

Share:

पोखरा । कास्की र तनहुँका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले बिहीबार दोस्रो विज्ञप्ति जारी गरी सो बारे जानकारी दिएको हो ।

निर्देशनालयका अनुसार कास्कीको पोखरा–१७ का ६१ वर्षीय पुरुष र तनहुँको शुक्लागण्डकी–६ का ३० वर्षीया महिलामा कोरोना देखिएको हो ।

पोखराका संक्रमित पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको पे क्लिनिक मा परिक्षण गर्न आएका थिए भने तनहुँका संक्रमित सोही अस्पतामा उपचाररत रहेको निर्देशनालयले जनाएको छ ।

यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या २ हजार ७३० पुगेको छ ।

यसअघि बिहीबार विहान पोखराका १९ जना सहित गण्डकी प्रदेशमा ४९ जना संक्रमित थपिएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: