
काठमाडौँ। पछिल्लो २४ घण्टामा थप १२४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार महिला ४०२ र पुरुष ८४४ जना गरी १२४६ जनामा कोरोना कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार आज सबैभन्दा धेरै काठमाडौँमा ४९५ जना संक्रमित थपिएका छन् ।
यस्तै बाँकेका ७० जना, रुपन्देहीका ५१, कपिलवस्तुका ४४ जना, ललितपुरका ४३ जना, सर्लाहीका ४२ जना, नवलपरासीका ३७ जना, काभ्रेका ३६ जना, सप्तरी र मकवानपुरका ३५/३५ जना, भक्तपुरका ३४ जना, पाल्पाका २९ जना, धनुषाका २७ जना, सुनसरीका २३ जना, संखुवासभाका २२ जना, कास्की र कैलालीका २१/२१ जना, चितवनका १८ जना, बाराका १७ जना, मोरङका १६ जना, स्याङ्जाका १२ जना, झापा र पर्सा ११/११ जना तथा बर्दियाका १० जनामा संक्रमण पुष्टि भएको छ ।
बाग्लुङका ९ जना, नवलपुरका ८ जना, गुल्मीका ७ जना, रुकुम पश्चिम र सल्यानका ६/६ जना, तनहुँ र सुर्खेतका ५/५ जना, पाँचथर र दाङका ४/४ जना, भोजपुर, दोलखा र धादिङका ३/३ जना, इलाम, उदपयुर, रौतहट, रामेछाप, पर्वत र अर्घाखाँचीका २/२ जना तथा खोटाङ, सिराहा, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, लमजुङ, रोल्पा, डोटी, बाजुरा र बैतडीका एकएक जनामा पनि कोरोना संक्रमण देखिएको छ ।
योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५० हजार ४६५ जना पुगेको छ।
यसैगरी गत २४ घण्टामा १८१८ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ३५ हजार ७०० पुगेको छ । या कुल संक्रमितको ७१ प्रतिशत हो ।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१७ पुगेको छ । यो कुल संक्रमितको ०.६३ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा ११ हजार १४४ परिक्षण भएको छ भने हालसम्म ८ लाख १० हजार ४८५ परिक्षण भएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर १४ हजार ४४८ जना सक्रिय संक्रमित छन् । संस्थागत आइसोलेसनमा ८ हजार १० जना छन् भने होम आइसोलेसनमा रहनेको संख्या ६ हजार ४३८ जना छन् । हाल ५ हजार ८०६ जना क्वारेन्टीनमा छन्। आईसीयुमा १६५ जना र भेन्टिलेटरमा २१ जना उपचाररत छन् ।
